त्यो विद्रोह कसैले रोक्न सक्दैन-प्रचण्ड

7 10 2009

यतिवेला देशमा राजनीतिक घटनाक्रम निकै उतारचढावपूर्ण अवस्थामा छन् विशेष गरी सत्तारुढ दलहरु प्रतिपक्षी एकीकृत ने..पा.-माओवादी) बीच राष्ट्रपतिको कदम, प्रधानसेनापति प्रकरण अन्य कतिपय विषयमा समेत असहमति भएका छन् माओवादीले संयुक्त जनआन्दोलन संघर्ष समिति मार्फत् आफ्ना आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको नेपाली राजनीतिको केन्द्र एकीकृत ने..पा-माओवादी) ले लिने रणनीति कार्यनीतिले देशमा मात्र होइन अन्तराष्ट्रिय रुपमा पनि ठूलो राजनीतिक प्रभाव पार्ने गरेको बर्तमान समसामयीक विषयवस्तुमा केन्द्रीत रहेर सोहि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड) साग आकाशगंगा डट कमले लामो कुराकानि गरेको थियो प्रस्तुत अध्यक्ष प्रचण्ड सागको कुराकानिको सम्पादीत अंस

केन्द्रीय समितिमा के के निर्णय भयो ?
-
पत्रकार सम्मेलन मार्फत पनि निर्णयहरु सार्वजनिक गरि सकिएको छु नागरिक सर्वोच्चता, शान्ति, संविधान, राष्ट्रिय स्वाधिनता राष्ट्रिय संयुक्त सरकार यो श्रृङ्खलामा जे निर्णय भएको , यसको अन्तरवस्तुमा जे निर्णय भएको केन्द्रीय समितिका निर्णयहरु मूल अन्तरवस्तु नै त्यही हो
यो सरकार नटिक्ने भन्दै संयुक्त राष्ट्रिय सरकारको नारा अगाडि सार्नु भएको , वर्तमान सरकार नटिक्ने आधारहरु के के हुन् ?
-
सबैभन्दा ठूला कुरा जनताको यस सरकारप्रति कुनै विश्वास नै छैन जनताद्वारा बहिष्कृत, जनताद्वारा पराजित व्यक्तिहरुको नेतृत्वमा बनेको सरकारले जनताको विश्वास जित्ने भन्ने हुनै सक्तैन त्यसकारण जनताको आधार विश्वास नभएको कारणले यो सरकार चल्दैन दोस्रो यो सरकार संविधान मिचेर अगाडि आएको सरकार हो हाम्रो विचारमा यो असंवैधानिक सरकार पनि हो जनताद्वारा पराजित हुादै हो, त्यसैमा पनि संविधान मिचेर बनेको, असंवैधानिक अवैधानिक सरकार भएकाले टिक्ने कुनै पनि आधार छैन
२२ दलको गठबन्धन सरकारमा माओवादी सहभागी भएपछि राष्ट्रिय संयुक्त सरकार हुन्छ होला नी ?

२२ दल सहभागी भन्ने कुरा झुटो कुरा हो हेर्दै गयो भने त्यसमा झण्डै झण्डै आधा भन्दा बढी दलको यो सरकारलाई समर्थन छैन एकपटक २२ दल जम्मा भएका थिए त्यसैलाई २२ दल भनेर जनतालाई भ्रम दिन खोजिएको , त्यो वास्तविकता होइन वास्तविकता के हो भने अहिले पनि यदी सदन भित्र हामीले जे कुरा राखेका छौं, राष्ट्रपतिको कदम संविधान विपरित संवैधानिक राष्ट्रपतिको मर्म जुन रुपमा अन्तरिम संविधानमा , त्यसको भावना विपरित यसकारण भविष्यमा बहस गर्न दिईयोस् हाम्रो के विचार भने एकपटक संविधानसभा भित्र यो विषयमा बहस गर्न दिइयो भने थाहा हुन्छ बहुमत कतापट्टी किन २२ दलको हल्ला गर्ने कााग्रेस एमालेले जसले संसदीय सर्वोच्चताको यति धेरै कुरा गर्छन् माओवादीले यति मात्र भनेको कि संसदभित्र हामीलाई बहस गर्न दिईयोस् एकचोटी बहस गर्न दिइयो भने प्रष्टै हुन्छ बहुमत कतापट्ट िछ हाम्रो के विश्वास भने राष्ट्रपतिको कदमको विपरित बहुमत सदन भित्र त्यसैकारण कााग्रेस एमाले यो विषयमा सदनमा छलफल गर्न सहमत भएका छैनन् त्यसमा पनि हामीले संकल्प प्रस्ताव राखेका थियौं संकल्प प्रस्तावमा बहस गरेर बहुमत हाम्रै पक्षमा भयो भने पनि कानुनतः राष्ट्रपतिले राजीनामा दिनुपर्छ भन्ने पनि थिएन खाली नैतिक दबाव पर्ने कुरा थियो तर त्यो झेल्ने आाट पनि उनिहरुले गरिराखेका छैनन् यसकारण कतैबाट हेर्दा पनि यो सरकार बहुमतको सरकार होइन, यो जबरजस्ती थोपरिएको सदनबाट वास्तवमा बहुमतद्वारा अस्वीकृत सरकार नै हो
राष्ट्रपतिको कदम अदालतमा विचाराधीन भएकाले सदनमा बहस गर्न मिल्दैन भन्ने तर्क आएको नि ?
यो तर्क होइन, कुतर्क हो किन कुतर्क हो भने पहिलो हामी जतिबेला १२ बुादे समझदारी बनाएर आन्दोलनको तयारीमा थियौं त्यतिबेला संसद पुनस्र्थापना अदालतमा मुद्दा थियो, अदालतमा मुद्दा हुादाहुादै संसद पुनस्र्थापना भयो त्यो संसदले थुप्रै निर्णय गर्‍यो, जबकि त्यो संसदको बारेमा अदालतमा मुद्दा चलिरहेकै थियो, यो हिजोको कुरा अहिले भर्खरकै कुरा गर्ने हो भने पत्रकार उमा सिंहको हत्याको सम्बन्धमा अदालतमा मुद्दा थियो अदालतमा मुद्दा हुादाहुादै कााग्रेस एमाले यिनै हुन् यिनिहरुले नै संसदमा बहस गरेर त्यसबारे संसदमा प्रस्ताव पारित गरिएको भने यो तर्क होइन, कुतर्क हो खास यो जनतालाई ढााट्ने, जनतालाई छल्ने, राष्ट्रलाई धोका दिने तर्क बाहेक केही पनि होइन यसको पछाडिको कारण के हो भने संसदमा बहस भयो भने उनीहरु अल्पमतमा पर्छन् यो सरकार उनीहरुले छोड्नुपर्ने परिस्थिति पैदा हुन्छ त्यसकारण कुतर्क गरेर जनतालाई भ्रम दिन हामी वैधानिक सरकार हौं भन्ने झुटो प्रचार गर्ने बाहेक यसको पछाडि कुनै कारण, कुनै तुक, कुनै दम यो तर्कमा छादैछैन
नयाा राष्ट्रिय संयुक्त सरकार गठनको कुरा चलिरहादा राजनीति सरकार गठनतर्फ मोडिएर संविधान निर्माण प्रक्रिया ओझेलमा पर्ने होइन ?
यहिनिर मानिसहरुलाई भ्रम दिने गरेका छन् विभिन्न खाले प्रतिगामी, यथास्थितिवादीहरु, देशीविदेशी सबै खाले प्रतिक्रियावादी तागतहरु छन् तिनिहरुले यहि भ्रम दिन खोजेका छन् कुराको चुरो के हो भने जतिबेला राष्ट्रपतिले असंवैधानिक कदम चाल्नु भयो नितान्त अस्वभाविक परिस्थिति देशमा सिर्जना भयो, त्यतिबेला नै त्यसलाई समर्थन गर्ने प्रमुख दलहरु विदेशी शक्तिहरुले नेपालमा अब संविधान बन्न दिनु हुादैन, नेपालमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न दिनु हुादैन भन्ने रणनैतिक सोच बनाएर एउटा ठूलो गुरुयोजना अन्तर्गत नै एउटा सरकार जो जनताबाट बहिष्कृत , जो आफैमा पराजित छन्, त्यस्ताहरुको बहुमत भएको तिनीहरुको नेतृत्व भएको सरकार बनाइयो, जबरजस्ती बनाइयो त्यो पनि हामीले सबैले बुझ्नुपर्ने के भने त्यतिबेलै यो अहिलेको सरकारलाई समर्थन गर्ने सरकारको नेतृत्व गर्ने पार्टी नेताहरुले संविधान नबनाउने शर्तमा, शान्तिप्रक्रिया सफल नपार्ने शर्तमा राष्ट्रपतिको कदमलाई समर्थन गरेका छन् हामीले राष्ट्रिय संयुक्त सरकार बन्नुपर्छ भन्नुको पछाडिको अथवा शान्ति संविधानको निम्ति वातावरण बनाउनुपर्छ भनेर आन्दोलन गर्नुको पछाडिको कारण चाही किनकी शान्ति संविधानमाथी जबरजस्ती धोका हुादैछ त्यसकारण शान्तिलाई निष्कर्षमा पुर्‍याउनको निम्ति, संविधान लेख्नको निम्ति जनताले जसलाई आदेश दिएको हो त्यसको नेतृत्वमा सरकार बन्नुपर्छ मानिसहरुले हामीले आन्दोलनको कुरा गर्दा, अथवा राष्ट्रपतिको कदम सच्चिनुपर्छ भन्दा यो भन्न खोज्छन् कि कही शान्ति बिथोल्न माओवादीले नै खोजेको हो कि ? मलाई कहिलेकााही आश्चर्य पनि लाग्छ यति झुटो, दिउासै रात पार्ने कुरा जस्तै हो यो किनकी माओवादी शान्तिको पक्षमा संविधानको पक्षमा, जनयुद्धकै बेलादेखि लड्यो शान्तिसंग गहिरो नाता माओवादीको माओवादी संविधानसभाको बीचमा पनि गहिरो सम्बन्ध संविधान बनाउनकै निम्ति हजारौं नेपाली छोराछोरीले यो देशमा बलिदानी गरे कााग्रेस एमालेका एकथरी मान्छेहरु, सबै पनि होइन उनीहरु संविधानको पक्षमा छैनन् उनिहरुले के बुझिसके भने यो संविधान पनि माओवादीकै हित गर्ने बन्छ शान्ति प्रक्रिया निष्कर्षमा पुग्यो भने पनि माओवादीलाई नै बढी राजनैतिक लाभ हुन्छ अर्को चुनावमा जाने स्थिति आयो भने अत्याधिक बहुमतले माओवादी नै यो देशमा हावी हुन्छ
त्यसकारण षडयन्त्र मुलक ढंगले शान्ति संविधानलाई विथोल्नको लागि यो चिज बनेको यो कुरा जसले बुझ्छ मलाई लाग्छ, माओवादीको अहिलेको चिन्ता, माओवादीको आन्दोलनको कुरा शान्तिको पक्षमा संविधान निर्माणको पक्षमा जो बेइमानी हुादैछ, जो षडयन्त्र हुादैछ, त्यो षडयन्त्रलाई परास्त गर्ने नेपाली जनता नेपाली राष्ट्रको आवश्यकता आकांक्षा अनुसार हामी संविधान निर्माण प्रक्रियाको नेतृत्व गर्न सक्षम छौं यो कुरा स्थापित गर्न हामीले आन्दोलनमा छौं

शान्ति

प्रक्रिया जनसंविधान निर्माणमा अवरोध भए जनविद्रोह भन्नु भएको , सबै पार्टीहरुले संविधान निर्माण शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने भनेकै छन्, यसो भएपछि जनविद्रोह नगर्नु पर्ने हो ?

शान्तिप्रक्रिया भन्नु एउटा कुरा हो, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन इमान्दारितापुर्वक पहल गर्नु अर्को कुरा हो संविधान भन्नु एउटा कुरा हो संविधान लेख्न पहल गर्नु अलि भिन्न कुरा हो जसले अहिले शान्ति संविधान भन्छन् उनीहरुले के कुरा बुझ्नुपर्छ भने लोकतन्त्रको आधारभुत मान्यता निर्वाचन हो ।लोकतन्त्रको एउटा विशेषता भनेको निर्वाचन हो निर्वाचनको परिणाम के भन्ने दुनियालाई थाहा नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचन खोजेको थियो संविधानसभा निर्वाचनमा समानुपातिक होइन, प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्दै आएको थियो त्यसै गरेको भए, हामीले त्यसो पनि गर्‍यौं २४० सिट प्रत्यक्ष निर्वाचनमा भएको थियो त्यसरी हेर्‍यो भने जनताले कांग्रेसलाई दिएको ३७ सिट हो, माओवादीलाई दिएको १२० सिट हो तपाई हेर्नुभयो भने तिनगुणा बढी कता कता कांग्रेस ? एमालेको ३३ सिट हो तपाई ३३ १२० हिसाव गर्नुस् कति गुणा बढी जनताले माओवादीलाई जिम्मेवारी दिएका छन् अनि ति पार्टीहरुले सरकार बनाउने ? माओवादी जसलाई यति धेरै मत दिएको , उनीहरुलाई बाहिर राखेर संविधान ? माओवादीलाई वाहिर राखेर संविधान भन्नेहरु वास्तवमा जनतालाई धोका दिनेहरु, राष्ट्रप्रति विश्वासघात गर्नेहरु, विदेशी प्रभुको अगाडि आत्मसमर्पण गद्दारी गर्ने वाहेक कुनै हुनै सक्दैन माओवादीलाई वाहिर राखेर संविधान निर्माण गर्न खोज्नु हत्केलाले सूर्य छेक्न खोज्नु जस्तै दिउासै रात पार्न खोज्नु जस्तै, जनतालाई उल्लु बनाउन खोज्ने, जनता बेकुफ छन् भन्ठान्ने चालवाहेक अरु केही हुनै सक्दैन
हाम्रो भनाई के भने छिट्टै तुरुन्त, किनभने हामीले महिनाको अल्टिमेटम दिएको थियौं एउटा राष्ट्रिय सहमति बनोस् देशमा फेरी जनताले दुःख पाउने स्थीति नबनोस् भन्नकै निम्ती हामीले महिनाभित्र राजनैतिक सहमति बन्छ भने ठिकै बजेट पनि जाओस् भनेर हामीले निकै जिम्मेवारीका साथ त्यो वातावरण बनायौं तर महिनासम्म सरकार सरकारमा भएका पार्टीहरु सााच्चै कानमा तेल हालेर बसे कुनै पहल, कुनै छलफल हामीले पटक-पटक माग गर्दा पनि त्यो वातावरण बनेन, जव हामीले आन्दोलनको कार्यक्रम घोषणा गर्‍यौं, तव अलिकति टालो लाए जस्तो, सर्वदलिय बैठक, कांग्रेस एमालेको बैठक केही केही गर्नुपर्छ भन्ने सहमती बनोस् भन्ने हाम्रो इच्छा आन्दोलन गर्ने हाम्रो कुनै रहर छैन त्यो सहमती बनोस् कमसेकम सदनभित्र हामीलाई वहस गर्ने वातावरण दिइयोस् त्यो भयो भने समस्याको समाधान हुन सक्छ तर हामीलाई संसदभित्र वहस पनि गर्न नदिने, जनताको यति धेरै अभिमत मतदानको यति धेरै अवहेलना अवमुल्यन गर्ने त्यो परिस्थितिमा आन्दोलनमा जानुको विकल्प रहादैन आन्दोलनमा गईसकेपछि पनि यो सरकारले दमन गर्ने धृष्टता गर्‍यो भने जनता पक्कै पनि विद्रोहमा नै जान्छन् त्यो विद्रोहलाई कसैले रोक्न सक्दैन
आन्दोलन घोषणा गरे पनि माओवादी पछाडि हटेको हो कि भन्ने चर्चा चलेको नी ?
त्यो सत्य होइन त्यो माओवादीको गम्भिरता जिम्मेवारी बोधको परिणाम हो मैले भन्ने गरेको छु माओवादीलाई चिन्ने कुरामा संसदवादीले गल्ती नगरुन्, विगतमा धेरै गल्ती गरे सुरुमा महिनामा सखाप पारिन्छ भनेर गल्ती गरे त्यसको मुल्य धेरै लामो पर्‍यो भन्ने पनि उनीहरुले बुझ्न जरुरी माओवादी देशप्रति, जनताप्रति, शान्तिप्रतिको संविधान निर्माण प्रक्रियाप्रतिको जिम्मेवारीका कारणले लचकताको पराकाष्ठमा जान्छ, गएकै हो यो लचकतालाई कमजोरी ठानेर संसदीय दलहरुले मुठ्ठीभर प्रतिक्रियावादी, देशी वा विदेशीको इशारामा माओवादीलाई ठिक गर्न सकिन्छ भन्ने हिजो कै जस्तो भ्रम पाले भने अब परिस्थिति धेरै अर्को ठाउामा आईपुगेको उनीहरुले के पनि अर्को पक्ष बुझ्न जरुरी भने माओवादी फेरी दृढता कठोरताको पराकाष्ठमा पनि जान सक्छ त्यो कहिल्यै झुक्ने स्थितिमा हुादैन संविधानको बलात्कार भईराखेको , राष्ट्रपतिबाट त्यसलाई कांग्रेस एमाले जस्तो घोर दक्षिणपन्थीहरुले समर्थन गरेका छन्
तपाईहरुमा माओवादीले सत्ताकब्जा गर्न लाग्यो भन्ने झुटो प्रचार गरे मैले दृढतापुर्वक प्रधानमन्त्रीबाट राजीनामा दिएको हो मैले राजीनामा दिने बेलामा कुनै विदेशी प्रभुको अगाडि घुाडा पनि टेकिादैन यो असंवैधानिक कदमका विरुद्ध संघर्ष गर्नको लागि राजीनामा दिइन्छ हामीलाई प्रधानमन्त्रीको कुर्सी त्यति महत्वपूर्ण छैन, जति राष्ट्र जनताको अधिकारप्रति चिन्ता त्यो प्रति हाम्रो प्रतिवद्धता त्यो दृढताको एउटा दृष्टान्त हो माओवादी खाली पछि हट्ने मात्र होइन यो इतिहासको पुष्टी भईसकेको कुरा हो, माओवादी राष्ट्र जनताको लागि आवश्यकता पर्दा पछि हट्छ, जिम्मेवारीका साथ आवश्यकता पर्दा अघि बढ्छ त्यहाा पनि जिम्मेवारीका साथ
तपाईले उठाएको प्रधानसेनापतिको मुद्दा पनि हो उनले अब नियमित अवकाश पाउादै छन अवकाश पाएपछि तपाईहरुले उठाएको कुरा टुागिएन ?
यो कुरा पनि मलाई बडो अनौठो लाग्छ रुक्माङ्गत कटवाल विदामा बस्छन, पद पाउाछन त्यो मुख्य कुरा होइन, मुख्य कुरा निर्वाचित सरकारले एउटा सेनापतिलाई कार्वाही गरेको थियो त्यो सही थियो कि गलत थियो ? भन्ने हो उनी हुनु नहुनुले हाम्रो मुद्दा टुागिदैन किनकी सरकारले एउटा कर्मचारीलाई गरेको कार्वाहीको कारणले देशमा यति ठुलो षडयन्त्र भयो राष्ट्रपतिले असंवैधानिक कदम चाल्ने षडयन्त्र भयो, संविधान मिचियो , पार्टीहरुले अत्यन्तै जनविरोधी तरिकाले, राष्ट्र विरोधी तरिकाले प्रस्तुत हुने वातावरण बन्यो त्यसकारण त्यो सही थियो कि गलत थियो हामीले छलफल गर्न पाउनु पर्‍यो भन्ने हो एमाले कांग्रेसका नेताले भनेको सुनेको छु अब कटवाल गईहाले नी किन त्यो विषय चाहियो यो कटवाल हुनु नहुनुको कुरा हो यो ? नागरिक सर्वोच्चता स्थापित गर्ने की सैनिक सर्वोच्चता मुद्दा त्यो हो कटवाल नआएपनि अर्को कटवाल आउने कुरा हुन्छ यदि नागरिक सर्वोच्चतालाई स्थापित गरिएन सैनिक सर्वोच्चताको अगाडि घुाडा टेक्ने खालकेा प्रवृत्ति नेपाली कांग्रेसका दक्षिणपन्थी नेताहरु एमाले भित्रका पनि घोर दक्षिणपन्थीहरुले गरे, त्यही हो भने अर्को कटवाल जन्मिन्छ सवाल अहिलेको रुक्माङ्गत कटवालको मात्र होइन, सवाल सेनामाथि नागरिकहरुको सर्वोच्चता स्थापित हुने या नहुने ? भन्ने सवल हो त्यसको टुंगो लाग्नुपर्छ भन्ने हाम्रो भनाई हो
यो विषयलाई बङ्गाएर, कुच्याएर नेताहरुले कटवाल विदामा बसिहाले त्यसमाथि पनि भन्नुहुन्छ भने गोदावारी बैठकदेखि माधव नेपालसाग हाम्रो भएको कुरा भनेको उनको विदा जाने बेलामा विदा दिनु कुनै बहादुरी भएन समय सकिएपछि पनि बसिराख्ने भन्ने कसैको पनि हुादैन नियमित प्रक्रियामा विदामा बस्नु कुनै नागरिक सर्वोच्चताको स्थापना भएको होइन सक्छौ भने एकहप्ता अगाडि विदा पठाउ पनि भनेका थियौं कोशिस गर्छौ भने एक हप्ता अगाडि मैले गिरीजाप्रसाद कोइरालालाई पनि भनेको थिए कमसेकम तपाईले जनतामा सकारात्मक दिने माओवादीसागको दुरी घटाउने तपाईहरुको इच्छा हो भने तपाईहरु कटवाललाई १० दिन अगाडि पठाईदिनुस् कमसेकम सहमती बनाउने वातावरण पनि बन्छ भनेको थिए कोशिस गर्छु भन्ने पनि थियो तर गिरीजाले वचन दिएको चाहि होइन एमालेको गर्ने भन्ने नै थियो तर सकेनन् यी सक्ने वाला होइनन् यी जनतालाई दवाउन प्रतिक्रियावादीमाथि भर परेर जनतालाई दुःख दिन सक्छन यिनीहरु राष्ट्रको जनताको पक्षमा यिनीहरुले केही पनि गर्न सक्दैनन्
अन्त्यमा तपाई जन्मिएको जिल्ला कास्कीका जनताले ठुलो आशा गरेका थिए के भन्न चाहनुहुन्छ ?
यहाा जन्मेको हुनाले, बर्षसम्म हुर्केको हुनाले जिल्लाप्रति भावनात्मक सम्वन्ध हुने कुरा स्वतः त्यसपछिको संसारभरीका मान्छेलाई कास्की, पोखरा मन पर्छ मलाई गर्व हुन्छ जतिबेला पोखरा आउाछु, नेपालको सुन्दर ठाउा त्यसमाथि आफु हुर्केको खेलेको हुनाले ति दिनहरु ताजा भएर आउाछन् प्रधानमन्त्री हुादा कास्कीको लागि केही महत्वपूर्ण कामहरु गर्छु भन्दा भन्दै भ्याइन, विमानस्थलको कुरा थियो मैले ठोस रुपमा केही गर्न चाहेको थिएा केही पोलीटेक्निकल इन्स्िटच्युट यही वरिपरी बनाउने भन्नेबारे नर्वेमा हुादाखेरी, जतिबेला नर्वे सरकारसाग मेरो कुराकानी भयो केही पोलीटेक्निकल इन्स्िटच्युटहरु बनाउने, पश्चिममा पनि मध्यमा पनि पुर्वमा पनि त्यसो भयो भने त्यसले दिर्घकालिन रुपमा नेपालको विकासको आधार बन्छ भन्ने हिसाबले सोच्दा त्यो पोलीटेक्निकल इन्स्िटच्युट मैले यही वरिपरी होस् भन्ने सोच्थे सेती महाकालीमा पनि हो, तर एउटा चााही कास्कीमा त्यसमा पनि जन्मे वरीपरीकै ठाउामा भईदियोस् त्यसको एउटा अर्थ हुन्छ, भन्ने खालको थियो त्यो प्रक्रिया शायद अगाडि बढ्ला भन्ने लाग्छ त्यो रोकियो भन्ने लाग्दैन तैपनि कास्कीको निम्ती यो एउटा पर्यटकिय दृष्िटले महत्वपूर्ण भएको दृष्टिले केही कामको सुरुवात गरिएको यसको परिणाम ढिलो-छिटो आउाछ CM prachanda





मलेसियामा नेपाली कामदारको मृत्यु

7 10 2009

२१ असोज, काठमाडौं
वैदेशिक रोजगारीका लागि मलेसिया गएका दार्चुलाका एक जनाको कार दुर्घटनामा परि ज्यान गएको छ ।
मलेसियाको मुआर एरियामा गएराती कामबाट डेरा तर्फ फर्कदै गरेका दार्चुलाको दत्तु गाविस १ का मथुरादत्त भट्टको कार दुर्घटनामा ज्यान गएको हो । भट्टलाई असोज १७ गते कारले ठक्कर दिएको मलेसियामा कार्यरत नेपाली पत्रकार कर्णबहादुर धामीले टेलिफोन मार्फत जानकारी दिनुभएको छ । धामीका अनुसार मृतक भट्टको शव बिहीबार दिउँसो १२ वजेसम्म काठमाडौं आइपुग्ने छ । ३ छोरा, एक छोरीका बाबु भट्ट विगत चारवर्षदेखि मलेसियामा कार्यरत थिए ।





Hello

16 09 2009

hello frns, how are you ? whats up your khabar ? personal kaam le garda ma kehi din mero site ma aauna sakina tyasakaa lagu kshyama prarthi chhu hai, dashin pachhi niyamai dhuchu.
aakashganga pariwar ko tarpha bata tapaiharu lai dashin ko lakh lakh shubhakamana chha
HAPPY, DASHIN 2066





कटवाल, खड्का हटाउन माओवादी-एमाले सहमतिनजिक

29 04 2009

काठमाडौं, वैशाख १५-
सत्ता प्रमुख एकीकृत नेकपा माओवादीले प्रधानसेनापति रुक्मांगत कटवाललाई कार्वाही गर्ने विषयलाई मुख्य विषय बनाएर एमालेसँग सहमति अघि बढाएको छ। एमालेले प्रधानसेनापति कटवाल सहित रथी कुलबहादुर खड्का, रक्षामन्त्री रामबहादुर थापा समेतलाई कार्वाही गर्न अघि सारेको प्रस्तावभित्रै रहेर निर्णय लिने तयारीमा माओवादी पुगेको छ। रक्षामन्त्री थापालाई राजीनामा गराउनेमा सहमति नभए पनि कटवालपछि प्रधानसेनापति को हुने भन्ने विषयलाई माओवादीले थाती राखेको छ।

‘बुधबारसम्म जसरी पनि प्रधानसेनापतिलाई कार्वाही गर्नुपर्छ भन्ने विषय अहिले प्रधान हो। हामी यो विषयबाट पछि हट्दैनौं’ माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले नागरिकसँग भने ‘त्यसपछि कसलाई प्रधानसेनापति बनाउने विषय गौण बनेको छ। क्रमागत जो छ उसलाई नै बनाउने हो।’

माओवादी कटवाललाई कार्वाही गरी कुलबहादुर खडकालाई प्रधानसेनापति बनाउने तयारीमा लागेको थियो। कार्वाही सहमतिका आधारमा गर्ने भनी एक सातादेखि एमाले र माओवादी अनिर्णयको बन्दी बनेका छन्।

सम्भवतः बुधबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकअघि कटवाललाई कारबाही गर्ने र एमालेले विकल्पका रुपमा अघि सारेका छत्रमानसिंह गुरुङलाई प्रधानसेनापति बनाउने प्रस्तावमा एमाले र माओवादी सहमतिमा आउनेछ।

‘हामीले राष्ट्र विभाजित नहोस् भनेर प्रस्तावअघि सारेका हौं। यसमा सबै लचिलो हुनुको विकल्प छैन’ एमाले महासचिव ईश्वर पोखरेलले भने। को प्रधानसेनापति बन्ने भन्ने विषय प्राविधिक भएकाले त्यसलाई सहमतिका आधारमा टुंगो लगाउने उनले बताए।

सहमतिका लागि बुधबार बिहान ८ बजे एमालेको आह्वानमा पार्टी संसदीय दल कार्यालय सिंहदरबारमा माओवादी कांग्रेस सहितको तीन दलीय संयुक्त बैठक बस्दैछ ।

एमालेको निर्णयमा सहमति नभई राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गरेको पोखरेलले बताए। ‘मूल सहमतिका लागि यो कदम लिइएको हो। एमालेले हाम्रो धारणा लागू भयो भनेर उफ्रिने छैन पोखरेलले भने ।

‘माओवादीको ‘फेस सेभिङ’का लागि यो उपयुक्त अवसर हो। माओवादीले अहिले प्रधानसेनापति को बनाउनेमा भन्दा कार्वाही गर्ने विषयमा ध्यान दिएको छ’ एमालेका एक स्थायी कमिटी सदस्यले भने।

तीन दलबीच भेटघाट तीव्र

रक्षामन्त्री थापा, प्रधानसेनापति कटवाल र रथी खडकालाई हटाउने र नयाँ प्रधानसेनापतिको रुपमा तेस्रो वरियताका छत्रमानिसंह गुरुङलाई प्रधानसेनापति बनाउने प्रस्ताव एमालेले बिहान माओवादी र मध्याह्न कांग्रेस नेतृत्व समक्ष राखेको थियो।

एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको टोलीले मंगलबार बिहान माओवादी पुष्पकमल दाहाल र दिउँसो काग्रेस उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीसँग आफ्नो प्रस्ताव राखेको थियो।

भेटघाटपछि पौडेलले प्रधानसेनापति हटाउने निर्णय कांग्रेसलाई मान्य नहुने जिकिर गरे। सत्तारुढ एमालेले लिने निर्णय प्रभावकारी हुने भएकाले विवेकपूर्ण निर्णय गर्न एमालेलाई सुझाव दिएको पौडेलले बताए। ‘कटवाललाई हटाए माओवादीकरण हुन्छ । हटाउने कुरा कुनै पनि हालतमा स्वीकार्य हुँदैन’ पौडेलले भने ।

महासचिव पोखरेलले एमाले प्रस्ताव पूर्णरुपमा अस्वीकृत भइनसकेको बताए। छलफलमा करिब पाँच मिनेट मात्र बसेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले ‘झिनामसिना कुरामा विवाद गर्नको सट्टा वृहत् विषयमा ध्यान दिनु माओवादीलाई आग्रह गरेका थिए। करिब डेढ घण्टा लामो छलफलपछि कोइराला निवासबाट निस्केका प्रधानमन्त्री दाहालले एक/दुई दिनमै सहमति गरेर विवाद टुंगोमा पुर्‍याइने बताएका थिए ।

‘नागरिक सर्वोच्चता लोकतन्त्र र शान्तिका लागि सहमतिका साथ अगाडि बढ्ने कुरा भएको छ’ प्रधानमन्त्री दाहालले संचारकर्मीसँग भने ‘सहमतिको नजिक पुगेका छौं। हरेक विषय सहमतिमा नै टुंगिन्छ।’

कटवालको सुनाइ

प्रधानसेनापति रुक्मांगत कटवालको उमेरसम्बन्धी सर्वोच्चमा परेको रिटको सुनाईसँगै सेनाका आठ जनरललाई अवकास दिने निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश बदर गर्ने/नगर्ने विषय प्रभावित बनेको छ ।

कटवाल माओवादी सरकारबाट हटाइनुभन्दा अदालतको निर्णयबाट पद त्याग्ने मनस्थितिमा रहेका छन्। उमेरसम्बन्धी रिटको सुनुवाइ आगामी २३ गते हुने भएकाले आठ जर्नेलको सुनुवाइमा ढिलाइ भएको स्रोतले बतायो।

कटवालको उमेरका हकमा राजाको हुकुम प्रमांगीमा घटाइएकाले उमेर नाघेको दावी रिटमा परेको छ। गत वर्ष जेठ १५ गते गणतन्त्र घोषणा हुँदा राजाका हैसियतले जारी आदेशहरु, प्रयोग गरेका सुविधा, हैसियत र प्रचलन सबै अमान्य हुनेछन् भनी घोषणा गरिएको तथ्य रिटमा प्रस्तुत गरिएको छ।

अदालतले त्यही घोषणाको नजिरलाई आधार मानेर कटवालको उमेर बढी देखिनेछ। अदालतमा पेश गरिएका शैक्षिक प्रमाणपत्रमा चार वर्ष उमेर घटेको देखाइएको स्रोतले बतायो।





फोन रेकर्डले समातिए ऋषि धमला

5 02 2009

रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलाले भूमिगत आपराधिक गिरोह रणवीर सेनासँग मिलेर एक व्यापारीबाट लाखौं रुपियाँ असुल्न खोजेको प्रमाण महानगरीय प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

प्रहरीले रणवीर सेनाका उपत्यका इन्चार्जसँग धमलाले फोनमा गरेको कुराकानीको टेप र त्यही मुद्धाका अन्य तीन अभियुक्तको बयान प्रस्तुत गरेको थियो। प्रहरीले बुधबार नै जिल्ला प्रशासन कार्यालयबाट धमलालाई १४ म्याद थप गरेको थियो। अन्य तीनलाई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्धा दायर गरिसकेको छ।

रणवीर सेनाका उपत्यका इन्चार्ज प्रदीप भनिने रामशुभक महतो र सैन्य कमाण्डर विनायक भनिने मनोजकुमार महतोले उक्त समूहद्वारा राजधानीमा गत मंसिरमा गरेका श्रृंखलाबद्ध बम विस्फोटमा समेत धमलाले सहयोग गरेको बयान दिएका छन्। प्रहरीले रामशुभकको टेकुस्थित कोठाबाट विस्फोटक पदार्थ समेत बरामद गरेको थियो। रकम असुलीबाहेक त्यसको समेत आधारमा प्रहरीले धमलामाथि अनुसन्धान गर्ने भएको छ।

महानगरीय प्रहरीले धमलालगायत अन्य तीन जनालाई महेन्द्र पुलिस क्लवमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित गराएन्। ´यो गम्भीर अपराधको कुरा छ। चोरी, गुण्डागर्दीजस्तो होइन। अनुसन्धानको संवेदनशीलताका कारण उनीहरुलाई दुई चार दिनपछि मात्र सार्वजनिक गर्छौं´, महानगरीय प्रहरी आयुक्त रमेश श्रेष्ठले भने।
महानगरीय प्रहरीले रणवीर सेनाका रामशुभक र मनोज महतो बम विस्फोट, जवर्जस्ती रकम असुली र बिध्वंसात्मक कृयाकलापमा संलग्न रहेको एवम् धमला र उनी निकट रहेर काम गर्ने वीरेन्द्रकुमार महतोले आपराधिक कृयाकलाप सन्चालन गर्न विभिन्न प्रकारले सहयोग गरेको उल्लेख गरेको छ।

धमलाको फन्दा मोबाइल टेप
समाचार पोर्टल नेपालजापानडटकमसँग सम्बद्ध रहेर आफूलाई पत्रकारका रुपमा समेत चिनाउँदै आएका रामशुभकले व्यापारीसँग रकम असुल्ने सम्बन्धमा धमलासँग मोबाइलमा गरेको कुराकानी रेकर्ड गरेका थिए।
धमलाले कुराकानीमा आफ्नो प्रभाववारे विश्वस्त गराउन खोज्दै व्यापारीसँग असुली आफ्नो भाग पक्का पार्नका लागि जोड दिइरहेको बुझन्छ। रामशुभकले विभिन्न चरणमा ऋषिसँग कुराकानी गर्दा शंका लागेकाले मोवाइलमा रेकर्ड गरेको बताए।

रणवीरसँग धमलाको आपराधिक संसर्ग
रामशुभक र वीरेन्द्रकुमारले पत्रकारितालाई माध्यम बनाएर रणवीर सेनाको गतिविधि सन्चालन गर्दै आएका थिए। रणवीर सेनाले तराईमा ठेक्कापट्टा गर्ने एक व्यापारीसँग ८० लाख रकम माग्दै आएको थियो। व्यापारीसँग रकम असुलेर सुरक्षित रहनका लागि ऋषि धमलाको सहयोग लिने तारतम्य वीरेन्द्रले मिलाएका थिए। ´पक्राउ पर्ने चार पाँच दिनअघि वीरेन्द्रले मेरो कोठामा आएर ऋषिसँग कुरा गरेका मैले पत्तो पाएको हुँ, हामीले उसको राष्ट्रिय अन्तर्राष्ट्रिय ख्याति देखेर पत्याउनु परेको हो´ रामशुभक बयानमा भन्छन्।

रामशुभकका अनुसार रकम असुलीको विषयमा धमलाले भारतमा रहेका रणवीरका नेताहरुसँग सिधा कुरा गर्थे। उनी अगाडि भन्छन्– ´व्यापारीले रणवीरको मान्छेलाई मात्र पैसा दिन्छु भनेकाले भारतबाट मान्छे आउनुपर्ने भयो, तर जनकपुर बन्द भएकाले आउन पाएनन्। पछि रणवीरका अध्यक्ष सन्देश काठमाडौं आए। सन्देशले व्यापारीलाई लिएर आई एक चोटी टेकुमा बोलायो, तर पुलिस छ भन्ने शंका लागि गाइएन।´

´हामीलाई ऋषिले एकचोटी रिपोर्टर्स क्लवमा बोलायो, बिहानै हामी गयौं, तर ऊ त्यहाँ थिएन´ रामशुभक भन्दै जान्छन्, ´फेरि अर्को पटक बोलायो, हामी गयौं, त्यतिबेला ऋषिका कुरा मलाई शंकास्पद लागे र उनीसँग त्यसपछिका कुरा मोवाइलमा रेकर्ड गरे।´

वीरेन्द्र महतोकाअनुसार रिपोटर्स क्लवमै धमलाले व्यापारी, रामशुभक र एक जना डा्रइभरलाई बोलाएर रकम तत्काल माग गरेका थिए। व्यापारीले दश लाख मात्र ल्याएको छु भनेपछि धमलाले त्यहींबाट रणवीरका नेतासँग कुरा गरेको उनी बताउँछन्। त्यो दिन रकमको कुरा मिलेन। भोलिपल्ट अर्थात माघ २० गते रामशुभकले धमलासँग कुरा गरी अनामनगरमा भेटेर व्यापारीसँग रकम लिने योजना बनाए। धमला चाँहि एक साप्ताहिकको कार्यालयमा बसेछन्। ´हामी जाँदाजाँदै पक्राउ पर्‍यौं´ उनले भने।

धमलाले आफूलाई जानकारी नदिई व्यापारीसँग बार्गेनिङ गर्दा वाईसीएल लगाएर ठीक पार्छु भनेर धम्क्याएको समेत वीरेन्द्र बताउँछन्। ´ऋषिले २० लाखमा आफूलाई १० लाख र बाँकी ५–५ लाख दिने भन्थे´ उनी थप्छन्।

मनोज महतो चाँहि रणवीर सेनाद्वारा पछिल्लो समय काठमाडौं पठाइएका हुन्। उनी मधेश राष्ट्र जनतान्त्रिक मोर्चा छाडेर भारत पसी रणवीर सेनामा लागेका थिए। काठमाडौंमा उनले सैन्य जिम्मेवारी पाएका थिए। उनले राजधानीमा भएका विस्फोटको चाँजो मिलाएका थिए। धमलाको सहयोगमा राजधानीमा आतंक मच्चाउने र रकम असुल गर्ने आफ्नो समूहको योजना रहेको उनी बताउँछन्। ´व्यापारीले ४० लाख दिएको ख48डमा ऋषिलाई दश, हामी तीन्ाले दश र पार्टीलाई २० लाख भारत हु48डी गरिदिने योजना थियो´, उनी भन्छन्।





आर्थिक क्रान्तिका लागि सजीवन खेती

4 02 2009

उत्तम सिलवाल/रासस

मुलुक विकासको अनेकौं सम्भावनाका माझ सजीवन खेती पनि अर्को विकल्पका रूपमा देखापरेको छ ।

देशव्यापीरूपमा अभियानका साथ सजीवन खेती विस्तार गरी पर्याप्त मात्रामा जैविक इन्धन उत्पादन गर्नसके बर्सर्ेे पेट्रोलियम पदार्थ आयातमा बाहिरिने अर्बौ रूपैयाँ मुलुक निर्माण प्रक्रियामा लगाउनसकिने र वातावरण संरक्षण गतिविधिमा समेत सहयोग पुग्ने धारणा सम्बद्ध पदाधिकारी एवम् विज्ञबाट आएको छ ।

आफैंसँग पेट्रोलियम पदार्थ हुने संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत, चीनजस्ता विकसित राष्ट्रले बस, ट्रक र ट्याक्सीलगायत रेल गुडाइसकेको र हवाइजहाज उडाइसकेको विद्यमान अवस्थामा प्रयोगका नआएका जमिनमा व्यापक रूपमा सजीवन खेती गरी आर्थिक क्रान्तिका साथ समृद्ध नयाँ नेपाल निर्माण अभियानमा जुट्न अब ढिलाइ गर्न नहुने सुझाव विज्ञहरूको छ ।

वन तथा भूसंरक्षण मन्त्रालयका सल्लाहकार डा. खेम भट्टर्राईले नेपालको भूबनावट र धरातीय यथार्थका आधारमा प्रचुर सम्भावना रहेको यस खेतीलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले सञ्चालन गरिए मुलुकको विश्वास निर्माणमा कायापलट ल्याउन अन्य क्षेत्र तथा व्यवसाय अवलम्बन गर्नुनपर्ने बताउनुभयो ।

सजीवन ऊर्जा कार्य नीति तय गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिंदै उहाँ खोला तथा नदी छेउछाउका खेर गइरहेका जग्गा, ठूला विद्युत् आयोजनाका तारमुनि, सुख्खा चौरजस्ता भूभागमा सजीवनको खेती गर्न अनुकूल हुने सुझाव दिनुहुन्छ ।

सामान्य मिलमा तोरी बदामजस्तै पेल्दा आउने जैविक ऊर्जाका रूपमा परिचित सजीवनको एक लिटर तेलले पेट्रोलियम पदार्थको अनुपातमा दर्ुइ किलोमिटरभन्दा पनि बढी १२ किलोमिटर गाडी गुड्ने, ६७ प्रतिशत कार्बन कम फाल्ने, सल्फर डाइक्साइडजस्तो हरित ग्यास नफाल्ने र धुपबत्ती बालेजस्तो बास्ना फाल्ने र प्रशोधनका क्रममा उपयोगी चिल्लो पदार्थ ग्लिसिरिनसमेत प्राप्त हुने बताइएको छ ।

वैकल्पिक ऊर्जा पर््रबर्द्धन केन्द्र -एइपीसी)ले यस वर्षो जैविक इन्धन कार्यक्रमअर्न्तर्गत पाँच करोड रूपैयाँ विनियोजन गरी जैविक प्रविधि रणनीतिलाई प्राथमिकता दिएको बताएको छ ।

केन्द्रका वरिष्ठ तालिम अधिकृत नवराज ढकालले समयको माग र आफ्नो रणनीतिअनुरूप तेल प्रशोधन केन्द्र, पम्प स्थापना तथा स्तरीय प्रयोगशालाको स्थापना, आवश्यक सामग्री उत्पादन, खेती सञ्चालनका लागि क्षमता अभिवृद्धि र केही स्थानमा नमुना कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

सजीवन खेतीतर्फआकर्षाका लागि इच्छुक व्यक्ति तथा कम्पनीलाइै प्रोत्साहन गर्नुका साथ विभिन्न जिल्लामा गरिएका खेतीको तथ्याङ्क लिने कार्य भइरहेको र विज्ञ तथा सरोकारवाला सबै पक्षसँग छलफल जारी रहेको सो केन्द्रले जनाएको छ ।

हाल पाल्पा, सिरहा, झापा, नेपालगञ्ज सर्ुर्खेतलगायतका जिल्लामा विभिन्न प्रजातिका सजीवन खेती भइरहेको जानकारी दिंदै वरिष्ठ तालिम अधिकृत ढकालले तेल उत्पादन क्षमताका आधारमा खेतीका लागि सुहाउँदो प्रजाति सिफारिस गरिने बताउनुभयो ।

करिब एक हजार दर्ुइसय मिटरको उचाइसम्म व्यावसायिक खेती गर्न सकिने सजीवनको दानामा २० देखि ४० प्रतिशत तेल रहने वन तथा भूसंरक्षण मन्त्रालयका सल्लाहकार डा. खेम भट्टर्राईले जानकारी दिनुभयो । हाल अमेरिकामा प्रतिवर्ष२४ अर्ब र ब्राजिलमा २० अर्ब लिटर तेल सजीवनबाट उत्पादन गर्ने एक तथ्याङ्कले जनाएको छ ।





खप्तडमा यती !

21 01 2009

चक्रबहादुर कठायत/रासस

खप्तड राष्ट्रिय निकुञ्जको आफरे मनाना भन्ने जङ्गलमा स्थानीय बासिन्दाले कहिलेकाहीँ वनमान्छे -यती) भेट्टाउने गरेको दावी गरिएको छ । डोटीको काडामाडाँै गाउँ विकास समितिमा पर्ने खप्तड राष्ट्रिय निकुञ्जको सिमानासँग जोडिएको आफरे मनाना जङ्गलमा समयसमयमा स्थानीय गोठालाले मान्छेको जस्तो अनुहार भएको, शरीरभरि रौँ उम्रेको र मानिसभन्दा अलि फरक ढङ्गले हिँड्ने करिब तीन फिट अग्लो पुच्छर नभएको मानिसजस्तै तीन महिनाअगाडि आफूले देखेको काडामाडौँका ६३ वषर्ीया माइला जोशीले बताउनुभयो ।

उहाँले आफ्नो उमेरको ४० वर्षसोही जङ्गलमा गोठालो भएर बिताउनुभएको थियो । उहाँले सोही ठाउँमा दर्ुइपटक यस्तो जीवन भेट्टााएको जानकारी दिनुभयो । सो जीव ठेक्का भाडे र मल्लो आफरे जङ्गलमा देखिने गरेको उहाँले सुनाउनुभयो ।

 

सोही जङ्गलमा १५ वर्षपहिले आफरे भन्ने स्थानमा ठूलो ढुडङ्गाको बीचमा दर्ुइवटा मान्छे जस्तै तर होचा, शरीरमा राँै उम्रेकालाई भेट्टााएको र छोप्न लाग्दा भागेर गएको अनुभव ७२ वषर्ीय नरबहादुर कठायतले सुनाउनुभयो । निकुञ्जको बुकिदह भन्ने स्थानबाट ओरालो एक घण्टा पैदलमा पुगिने उक्त जङ्गलमा बेला बेला वनमान्छे आफूहरुले भेट्टाउने गरेको स्थानीय गोठाला बताउँछन् ।

खप्तड राष्ट्रिय जङ्गलमा यती छ वा छैन भन्ने आधिकारिक पुष्टि भने कसैले गरेको छैन । अहिलेसम्म यती छ भन्ने कसैले नदेखेको खप्तड पर्यटन क्षेत्र विकास समितिका कार्यक्रम निर्देशक एम. बम बताउनुहुन्छ । मध्यवर्ती क्षेत्रमा पर्ने काडामाडाँै र गैरागाउँ, बबलेक र अछामको दुनी पातलकोट, बुढाकोट गाविसमा पर्ने सो क्षेत्रमा समयसमयमा यती देखेको गोठाला ब्ाताउँछन् तर यसबारे कसैले ध्यान दिएको छैन ।





मेरो के कसुर थियो र मैले मर्नु परेको हो ! -उमा सिंह

21 01 2009

निर्मला आचार्य/रासस

“मेरो के कसुर थियो र मैले मर्नु परेको हो !” जनकपुरमा कार्यरत पत्रकार महिला उमा सिंहको आखिरी शब्द हुन् यी । हत्याराको समूहद्वारा अत्यन्त क्रूरतापर्ूवक हत्या गरिएकी उमा सिंहले मर्नुअघि अस्पतालमा आफ्नो साथी मनिका झालाई देखेर यी शब्द पोखेकी थिइन् ।

अहिले मोनिका उमाको लागि न्याय माग्दै राजधानी र बैङ्ककसम्म पुगेकी छिन् । मोनिका भन्छिन्- “मेरो ज्यान गए पनि म उमा दिदीको हत्यारालाई सजाय नदिएसम्म उनलाई न्याय दिलाउन सधैँ लागिरहने छु । एक्लै भए पनि आन्दोलन गरिरहन्छु । म डराउँदिनँ, अझै म समाचार लेखिरहन्छु र जनकपुरमै पत्रकारिता गर्छ

मोनिकालाई पनि पटकपटक धम्की आएको छ । उमा मारिएको दिन उनको घरमा पनि हमला भएको छ । घरको ढोकामा क्रस चिहृन लगाइएको छ र भनिएको छ-”अब त्रि्रो पालो हो ।” उनीमाथि हमला गरेपछि झयालसमेत फोडियो र भनियो-”ए पत्रकार, एफएम बाली ! अब तेरो पाली।”

“मलाई कतिखेर मार्ने हो भनेर म पर्खिरहेकी छु । मेरो ज्यान जानु पनि कुनै ठूलो कुरो भएन । उमालाई त खसी काट्नेभन्दा पनि क्रूर तरिकाले काटेर मार्‍यो भने मेरो परिवारले पनि मेरो आस मारिसकेका छन् ।” उमाले क्रियाशील पत्रकार महिला -डब्ल्युडब्ल्युजे) को कार्यालयमा पत्रकार महिलासामु आफ्नो पीडा पोख्दै भनिन्- “म जिउँदो छु जस्तो पनि मलाई लाग्दैन।”

आफ्नो दाजुभाइ र बुवासँग हिड्दा जनकपुरमा पुरुष पत्रकारहरूले चरित्रहीनको सङ्ज्ञा दिएको र त्यसको लिखित जानकारी नेपाल पत्रकार महासङ्घ, धनुषा शाखा र महासङ्घका अध्यक्ष धर्मेन्द्र झालाई दिए पनि कुनै पनि कारवाही नगरिएको मोनिकाले बताइन्।

दर्ुइ महिनाअघि दिउँसै सडकमा आतङ्क मच्चाउने समूहद्वारा उनलाई कुटपिट पनि गरिएको थियो । मोनिकाले बताइन्-”मैले समाज बिगारेँ रे।धेरै जान्ने भएको तँ भनेर मलाई पिटिएको थियो।” “उमा दिदी र मैले गरेको सङ्र्घष्ाको कसैले कल्पना पनि गर्न सक्तैन।तर्राईमा पत्रकारिता गर्नु, त्यो पनि महिलाले अत्यन्त गाह्रो भएको थियो, कहिलेकाहिँ चिया खान पनि हामीसँग पैसा हुन्थेन।”-मोनिकाले व्यथा पोखिन्।

“उमा जुझारु पत्रकार थिइन् । कसैसँग प्रश्न गर्न र कुरा गर्न उनलाई डर लाग्दैनथ्यो।फोनबाट मार्ने धम्की आएपछि पनि उनी डराएकी थिइनन्।उमा भन्थिन् कस्ले सुरक्षा गर्छ हामीलाई घरमै आएर मार्छन् उनीहरूले। र, भयो पनि त्यस्तै” – आँखाबाट बलिन्द्र धारा आँसु बगाउँदै मोनिकाले बताइन् ।

मोनिकाको विचारमा उमालाई कुनै राजनीतिक समूहले नभई महिलालाई अगाडि बढेको देख्न नसक्ने र महिलाको सफलता हर्ेन नसक्ने समूहले मारेको हो।मोनिका भन्छिन्-”म जिउँदो छु र मसँग कुरा गर्दै हुनुहुन्छ तर जब म मर्छर्ुुहाँ मेरो नाममा आन्दोलन गरिन्छ। जिउँदो रहँदा सुरक्षा दिन नसक्ने, मरेपछि सहिद घोषणा गरे पनि दस लाख दिए पनि केही हुँदैन।दश लाखमा उमाको जीवन आउँछ – उनको परिवारले छोरी पाउँछ। मरेकाले न्याय नपाउने देशमा म जिउँदोले के न्याय पाउँछु होला”





26 12 2008
Shillalekh

Shillalekh





नोबेल पुरस्कार विजेता पिटरको निधन

26 12 2008

आकाशगंगा रिपोर्टर
पोखरा, ११ पुस

साहित्यमा नोबेल पुरस्कार विजेता हेराल्ड पिटरको ७८ वर्षो उमेरमा निधन भएको छ । कलेजोको क्यान्सरका कारण पिटरको निधन भएको विविसीले जनाएको छ ।

पिटरले सन् २००५ मा साहित्यतर्फो नोबेल पुरस्कार जित्नुभएको थियो । उहाँले ३० भन्दा बढी नाटक लेख्नुभएको छ । उहाँको जन्म वेलायतको लण्डन स्थित एक कपडा सिलाउनेको घरमा भएको थियो ।

विरोधीहरुसँग कडा रुपमा प्रस्तुत हुने पिटरलर्ेर् इराक युद्धको कडा विरोध गर्नुभएको थियो ।