भौतिक पर्ूवाधार, प्रतियोगिता, प्रशिक्षणको अभाव र अन्तर्रर्ााट्रय प्रतियोगितामा सहभागिताको लामो रिक्तता जस्ता कारण नेपालमा टेनिस खेलको चाहेजति विकास हुन सकेको छैन भने व्यावसायिकतामा पनि बाधा पुगेको छ ।
टेनिस कोर्ट काठमाडाँैमा केद्रित छन । केही पोखरा र अन्यत्र फाट्टफुट्ट मात्र । भएका कोर्टमा अधिकांश माटाका “क्ले कोर्ट” र मुस्किलले देशभर एकदर्जन हार्ड कोर्ट छन् ।
स्वदेशमा प्रतियोगिताको अभाव र लामो समयदेखि अन्तराष्ट्रिय प्रतियोगितामा सामेल हुन नसक्दा टेनिस खेलको विकासले गुणात्मक फड्को मार्न नसकेको यसका खेलाडीहरु बताउँछन् ।
“कोर्ट, प्रशिक्षण, प्रतियोगिता र आर्थिक अभावले टेनिसको विकास हुन सकेको छैन, सरकार र परिषद् नै समग्र खेलकुदको विकासको लागि उदासिन छ”( चर्चित टेनिस खेलाडी पर्ूवमन्त्री कमल थापा भन्छन् । पाँच वर्षेखि ५० वर्षबढी उमेरका विभिन्न प्रतिस्पर्धा हुने लन टेनिसको नेपालमा प्रशस्त सम्भावना भए पनि पर्ूवाधार, प्रशिक्षण र प्रतियोगिता अभाव बाधक बन्दै गएको छ ।
सात दोबाटो ललितपुरमा चार, खेलकुद परिषद्का चार, सहन्सा क्लबमा दुइ, फोहोरा दरबार अमेरिकन क्लबमा दर्ुइ, धरान ब्रिटिस क्याम्पमा दर्ुइ र नेपालगन्जमा एक हार्ड कोर्ट छन् । उपत्यकाका तारे र अन्य होटल एवम् निजी गरी १६, पोखरामा सात, धनगढी एक, प्रहरी विद्यालय साँगा एक, लिटल एन्जेल्स स्कुलमा दर्ुइ गरी देशमा चालु अवस्थाका दर्ुइ दर्जन बढी क्ले कोर्ट छन् ।
तिनमध्ये प्यारापिट सातदोवाटो र परिषदमा मात्र छ । ” दर्ुइ लाइन मेच राखेर हेर्यो भने छेकिन्छ, कहिंका टेनिस कोर्टमा पनि प्यारापिट छैन, हर्ेन नै असजिलो र नमज्जा हुन्छ,” टेनिस खेलका पोखरेली शुभेच्छुक सर्ुदर्शन रञ्जित भन्छन् ।
क्ले कोर्ट बनाउन औसत खर्च रु.६ लाख र हार्ड कोर्ट बनाउन रु.१५ लाख जति पर्छ । बनाउन सस्तो, खेल्दा बल बढी टिक्ने, घटना कम हुनाले क्ले कोर्ट नेपालमा बढी उपयुक्त रहेको अखिल नेपाल लन टेनिस सङ्घका अध्यक्ष मनोज राणाको भनाइ छ ।
हाल नेपालमा वाषिर्क जुनियर दर्ुइ, राष्ट्रिय, खुल्ला र भेट्रान एक एक गरी टेनिसका पाँच प्रतियोगिता हुन्छन् । अन्तराष्ट्रिय गेम गर्न न्यूनतम पर्ूवाधार हुनर्ुपर्छ । सङ्घ सात दोवाटोमा दर्ुइ वटा कोर्ट थप्ने सोचाइमा छ ।
अन्तरराष्ट्रिय प्रतियोगिताका लागि स्तर नहुने हुँदा साना साना प्रतियोगिता गरेर नेपाली खेलाडीको अन्तरराष्ट्रिय वरियतालाई आवश्यक अङ्क हाँसिल गर्दै देशमा पनि टेनिसको विकास गरी एसियन गेममा खेल्ने सोचमा छौँ”( सङ्घका अध्यक्ष मनोज राणा भन्छन् । सङ्घले टेनिस एकेडेमीमा हप्ताको तीन दिन विद्यार्थीका लागि कक्षा चलाएको छ । एसियन टेनिस फेडरेशनले साफ क्षेत्रबाट दिएको अन्डर १६ साफ गेम यही वर्षो अन्ततिर नेपालमा हुँदैछ ।
अर्कौ महिना कास्की टेनिस सङ्घको आयोजनामा पोखरामा दर्ुइ लाख धनराशिको खुल्ला महिला तथा पुरुष नेपाल इन्भेस्टमेन्ट बैङ्क टेनिस प्रतियोगिता हुँदैछ । सङ्घको क्लब लिग गर्नै सोच छ । काठमाण्डौमा एक दर्जन र पोखरामा चारवटा टेनिस क्लब छन् । मार्चमा पाँचौ राष्ट्रिय प्रतियोगिता हुँदैछ ।
सङ्घले आइटिएफ प्रतियोगितामा भाग लिन सक्षम गराउने अभ्रि्रायले जुनियर टेनिस इनिसियटिभ चार वर्षो कार्यक्रमअर्न्तगत टेनिस र्याकेट, बल आदि सामग्री काठमाडाँै, धरान, नेपालगन्जका केही विद्यालयलाई उपलब्ध गराएको छ । धनगढीमा पनि कोर्ट निर्माण भएको छ ।
सङ्घको पाँच लाख र बाँकी आइटिएफको सहयोगमा मलेसियामा एसियन जुनियर टेनिसको च्याम्पियनसीपको अन्डर १४ मा दर्ुइ केटा र तीन केटीले भाग लिएर फर्किएका छन् ।
टेनिसका अन्तरराष्ट्रिय प्रतियोगितामा १९९० मा एसियन गेम, १९९३ मा बङ्गलादेशमा र ९५ मा भारतको मद्रासमा साफ गेम खेलेको नेपाल लामो समयदेखि अन्तरराष्ट्रिय प्रतिस्पर्धाबाट विमुख रहेको छ भन्दा अत्युक्ति हुँदैन
नेपालले तीन वर्षघि चाइना युनिभर्सिटी गेममा पनि भाग लिएको थियो । शरद लामा र एसके सिंहको जोडीले सन् १९८२ मा नयाँ दिल्लीमा सम्पन्न एसियन गेम्समा राम्रै चर्चा पाएको थियो भने सुजय लामा १९८४-८५ को विम्बल्डनको जुनियर स्पर्धामा छानिएका थिए ।
गएको असोजमा भारतमा सम्पन्न आइटिएफ भेटरानमा ४५ वर्षमाथिको प्रतियोगितामा पर्ूवमन्त्रीव्दय कमल थापा र मधुकर राणाको जोडीले सेमिफाइनलको यात्रा तय गरे । मधुकर राणालेे ६५ वर्षाथिको स्पर्धामा फाइनलसम्मको यात्रा गरे । “अन्तरराष्ट्रिय प्रतियोगिता र सहभागिता नै छैन भन्दा हुन्छ, राष्ट्रिय पनि एकाध स्पर्धा हुन्छन् अनि कहाँ यसको विकास हुन्छ,” सेमीफाइनलसम्म पुग्दा भारतको टेनिस र्याङ्कीङमा २८ नम्बरमा परेको स्मरण गर्दै थापा भन्छन् । सङ्घका अध्यक्ष राणा आउँदो एसियन गेममा भने महिला तथा पुरुषले भाग लिने बताउँछन् ।
पाँच वर्षेखि पाका उमेरसम्मका लागि खेल्न सकिने भनिएपनि नेपालमा महँगो खेलको उपमा पाएको लनटेनिसलाई सौखिन खेल मानिदा व्यावसायिक गति लिन नसकेको बताइन्छ । अर्कातिर स्वदेशमा क्ले कोर्टमा र विदेशमा हार्ड कोर्ट र ग्रास कोर्टमा खेल्नु पर्दा पनि नेपाली खेलाडीहरुको खेलकौशलमा प्रभाव परेको बताइन्छ । सरकार र परिषद्को स्पष्ट नीति र प्राथमिकतामा नपरेपनि काठमाडौँमा केन्द्रित टेनिस खेल र प्रतियोगिता पोखराबाट अन्यत्र पनि फैलदैछ ।
राजधानीपछि पोखरामा खेलाडी र प्रतियोगिता बढ्दैछन् । “हामीले सात वर्षेखि भेट्रान्स खुल्ला प्रतियोगिता गरिराख्याछौँ, यसलाई निरन्तरता दिन्छौँ “तर पोखरामा खेलाडी र कोर्ट बढ्दै गए पनि प्रशिक्षकको अभाव छ”( कास्की टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थ भन्छन् ।
पोखराका सात क्ले कोर्टमा झन्डै डेढसय खेलाडी खेल्छन् । कोर्टहरुको क्रमशः विस्तार, विद्यार्थी र युवा पुस्तामा देखिएको आकर्षाले भने यो खेलको विकासले विस्तारै गति लिएको छ । ” नयाँ पुस्तामा खेलाडी थुप्रै छन तर राम्रालाई सुविधा दिएर विदेशमा तान्ने गर्छन् तर हामी आशावादी छौ,” सङ्घका अध्यक्ष राणा भन्छन् ।
good news