कास्कीको सराङकोटमा बस दुर्घटना एक बालक सहित १३ को मृत्यु, ३९ को घाईते, तीन जनालाई उपचारको लागि काठमाडौ लगियो । एकै परिवारका बाबु छोरा तथा दिदीको विवाह सहभागि हुन जान लागेकि एक बहिनीको मृत्यू,

15 12 2009

आकाशगंगा रिपोर्टर
पोखरा, २९ मंसिर

कास्कीको कास्कीकोट गाविसबाट पोखरा आउदै गरेको ना३ख ६२८६ नं को बस आज बिहान सराङकोट गाविस वडा नम्बर ८ स्थित ठुल्ढुंगीमा दुर्घटनाग्रस्त हुदाँ एक बालक सहित १३ जनाको मृत्यू भएको छ । घटनामा ३९ जना घाइते भएका छन् ।

आज विहान पौने १० बजे भएको दुर्घटनामा एक बलाक, ६ जना महिला र ७ जना पुरुषको मृत्यू भएको छ । मृत्यू हुनेमा १० जना कास्कीकोट गाविसका र २ जना सराङकोट गाविसका रहेका छन् भने एक जना जना महिलाको सनातख हुन नसकेको प्रहरीले बताएको छ । मृतक भनिएकी एक महिला जिवित भेटिएपछि एक जनाको सनाखत हुन नसकेको स्थानियबासीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

घटनामा एक परिवारका बाबु र छोराको समेत मृत्यू भएको छ । त्यसैगरी अर्का एक परिवारका तीन जना घाईते छन भने एकको मृत्यू भएको छ । घटनामा १६ महिनाकी बालिकाकी आमाको पनि ज्यान गएको छ भने बालिका घाइते भएकी छन् । प्रहरीका अनुसार मृत्यु भएका मध्ये १० जनाको घटनास्थमै, दुई जनाको उपचारका क्रममा र एक जनाको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटैमा मृत्यू भएको थियो ।

घटनामा परी घाइते भएका मध्ये ३ जनालाई उपचारको लागि काठमाडौमा लगिएको छ भने २२ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा, १३ जनाको मणिपाल शिक्षण अस्पतालमा र एक जनाको चरक अस्पतालमा उपचार भईरहेको छ । पश्चिमाञ्चल अस्पतालमा रहेको घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ । मनिपालमा रहेको घाईते खतरामुक्त रहेको अस्पतालले बताएको छ ।

बस दुर्घटनामा कास्कीकोट आठका ५८ वर्षिय गोपाल गिरी, उनका २२ बर्षिय छोरा शिव गिरी, सोही ठाउँका ३ बर्षिय बालक सुर्दशन श्रेष्ठ, कास्कीकोट दुईका ५५ वर्षिय गोपि सुनार, ४५ बर्षिया गिरीमाया सुनार, ३८ बर्षिया मनपूजा नेपाली कास्कीकोट सातका ५० वर्षिय कृष्ण बहादुर थापा, कास्कीकोट ६ की ४० वर्षिया मीना कार्की, ४५ बर्षिय तेजबहादुर कार्की, १६ बर्षिया बिमला कार्कीको मृत्यू भएको छ । सराङकोट ३ की २६ वर्षिया विमला तिमिल्सीना र सराङकोट ५ का ६० बर्षिय कपिलमणि तिमिल्सेनाको पनि घटनामा मृत्यू भएको प्रहरीले बताएको छ । यसअघि १३ जनाको सनाखत भएको भएपनि मृतक भनिएकी सेतु त्रिपाठी जिवितै भेटिएपछि एक जनाको सनाखत हुन नसकेको हो ।

जेठी छोरी अनिता कार्कीको विवाहको लागि पोखरा आउदै गरेका कास्कीकोट ६ का बाबुराम कार्कीकी कान्छी छोरी विमलाको घटनामा ज्यान गएको छ भने कार्कीका श्रीमती सिता, १४ बर्षिय छोरा ईश्वर घाईते छन् । उनीहरुको मनिपाल र पश्चिमाञ्लच क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । अनिताको विन्धवासीनी मन्दिरमा विवाह गर्ने कार्यक्रम रहेको आफन्तले बताएका छन् । घटना भएपछि अनितालाई बहिनीको मृत्यूको खबर नदिई विवाह गरेर पठाईएको आफन्तले बताए । घटनामा सराङकोट ३ की १६ महिनाकी बालिका खुशी तिमिल्ःसेनालाई सोही ठाउँकी १६ बर्षिया शान्ति थापाले उद्धार गरी बचाएकी छन् । तर, उनकी आमा विमला तिमिल्सेनाको भने ज्यान गएको छ । बालिकाको टाउकोमा चोट लागेको छ ।

दुर्घटनामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराई रहेका घाईतेहरुमा कास्की ठूलापोखरीकि ५८ वर्षिया झ्यापि सुवेदी, सराङकोट ३ की २१ वर्षिया सावित्रा थापा, कास्कीकोट ७ की ३० वर्षिया पार्वती थापा, कास्कीकोट २ का २० वर्षिय बृहस्पति सुनार, कास्कीकोट ७ की ६६ वर्षिया झ्यापि वस्ताकोटी, सराङकोट ३ की २२ वर्षिया शुशीला थापा, कास्कीकोट ६ की ५० वर्षिया लक्ष्मी सुवेदी, कास्कीकोट ८ की २० वर्षिया मञ्जु श्रेष्ठ, कास्कीकोट ८ कै २७ वर्षिय हरी श्रेष्ठ, दैलेख घर भई भैरबटोल बस्ने १६ वर्षिया मिरा खड्का, तनहुँ भगवतीपुरका बस चालक २३ वर्षिय राम बहादुर परीयार, कास्कीकोट ८ की २२ वर्षिया रिता विक, नवलपरासी कावासोती घर भएकी ५२ वर्षिया डिलमाया अधिकारी, कास्कीकोट २ का ३८ वर्षिय डिल्लीराम सुवेदी, कास्कीकोट ६ की ३५ वर्षिया पार्वती नेपाली, कास्कीकोट २ कै ५० वर्षिय मोहन भुजेल, कास्कीकोट ७ की १७ वर्षिया चन्द्रकला थापा, रोल्पा घर भएकी पोखरा बस्ने २६ वर्षिया माया रोक्का रहेकी छन् ।

मणिपालमा उपचार गराई रहेका घाईतेमा कास्कीकोट ८ की १७ वर्षिया सावित्रा अधिकारी, १७ वर्षिया विजयलक्ष्मी अधिकारी, १५ वर्षिया शोभा अधिकारी, ९ वर्षिया सरु जिसी, १० वर्षिया सविना जिसी, २२ वर्षिया मिना जिसी र कास्कीकोट ३ का ३६ वर्षिय लोकनाथ सुवेदी रहेका छन् । त्यस्तै सराङकोट ५ का ६५ वर्षिय उमानाथ तिमिल्सिना, ७५ वर्षिय मनिलाल तिमिल्सिना, १४ वर्षिया अर्चना जिसी र सराङकोट ३ की ३५ वर्षिया मिसिरा जिसी रहेको अस्पतालले जनाएको छ । यसैगरी सराङकोटका यामप्रसाद तिमिल्सिनाको चरक अस्पतालमा उपचार भईरहेको छ ।

घटना घाईते भएकाहरुलाई स्थानियबासी, प्याराग्लाईडिङ्गका लागि पुगेको पर्यटक, प्रहरी लगायतले उद्धार गरेका थिए । सडकबाट करिव ५० मिटिर तल खोल्सोमा खसेको बसले थिचिएका एक जनालाई जिवितै उद्धार गरिएको थियो भने बसले थिचिएर मृत्यू भएका ४ जनाको शवलाई चेनकुलीको सहयोगले बसलाई उठाएर निकालिएको थियो । घटनामा घाईते भएकाहरुले चालकको लापरवाहीले दुर्घटनामा भएको बताएका छन् ।

बसमा करिव ५५ यात्रु रहेको अनुमान गरिएको छ । घटनास्थल नजिकै सडकमा ढुंगा रहेको र ढुंगालाई छल्न खोज्दा बस सडकबाट तल खसेको चालकलाई उदृद्ध गर्दै प्रहरीले बताएको छ ।
तर, घटनामा परी घाईते भएका ईश्वर कार्कीले भने सडकमा रहेको खाल्डोलाई जोगाउन ड्राईभरले एक्कासी बे्रक लगाउदाँ बस सडकमा पल्टिएर तल गुल्टिएको बताए । घटना घटेको थाहापाएपछि सर्वसाधारणको पोखराको पश्चिमाञ्लचल क्षेत्रीय अस्पतालमा ठुलो भिड लागेको थियो ।


Actions

Information

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s




Follow

Get every new post delivered to your Inbox.